
अन्धकारमा उपायको खोजी गर्दै
पहिले,
एकातिर देशको सबै अधिकार राजा स्वंयको थियो अनि जनता मात्र मुक दर्शक भएर बसेको थियो । राजा मात्र देखिन र सुनिनको लागि थियो । जनताको हातमा कुनै अधिकार थिएन, न बोल्ने न त लेख्ने नै । राजाले एकक्षत्र एकलकाटे शासन गरेको थियो भने अर्कोतिर माओबादिको आतंकले जनतालाई सताइरहेको थियो । जनता यी दुइको बिचमा पिल्सिइरहेको थियो । लर्डाई थियो, कैयौ महिलाहरुको सिउदो पुछिएको थियो, कति टुहुरो भएका थिए, कति घरबार बिहिन भएका थिए । राजा र माओबादि बिचको यो युद्धमा बाध्य भएर माओवादिहरु जनताको शरणमा आइपुगेको थियो । नेताहरु पनि मौका मा चौका भन्दै माओवादि सग हात मिलाएको थियो । अर्ढाई करोढ जनताको साथ पाएर जन आन्दोलन भाग-२ गर्यौ र त्यो समयको लागि हामि सफल पनि भयौ । Read the rest of this entry »


कमेन्टहरु