के भैरहेको छ ब्‍लगधरान?

18 05 2009

आजकल ब्लगधरान अपडेट पनि गर्दैन के हेर्नु भनेर सोच्दै हुनुहुन्छ भने तपाईले एकदम गलत सोचिरहनु भएकोछ । किनकी म यसैलाई अपडेट गर्नमा व्यस्त छु आजकल । तर यसै बिचमा देशको हालतले गर्दा मलाई केहि लेख्न मन लागेन, अनि लेखहरु संकलन गर्न पनि मन लागेन । त्यसबेला म देशको समाचार हेदैमा अनि माइसंसार डट कममा कमेन्ट दिदैमा व्यस्त भए ।
Read the rest of this entry »





नेपाल गएर के गर्ने ?

11 02 2009

nepal-gayeraम कहिले पनि पैसाको लागि विदेश जान्न भन्ने मान्छे, आज विदेश आएको पनि २ वर्ष पुग्न लागेछ । मान्छेको वर्तमान बित्न मात्र गाह्रो हुन्छ, नत्र भने भविष्य कति बेला भूत भैसकेको हुन्छ पतै हुदैन ।

सबै सरह मैले पनि कुनै वहाना बनाएर कतार आएको थिए । यहा आएर थाहा भयो मलाइ कि किन गल्फ देश भने पछि अर्कै दृष्टिकोणले हेर्ने रहेछ भनेर । सबै साथिहरुले भन्ने गर्थे, त जस्तो मान्छे किन गल्फ देश किन जान लागेको भनेर । तर मेरो सोचाइ अलिक भिन्न थियो । जहा आफ्‍नो कला, सिपको कदर हुन्छ, त्यही नै बस्न मलाइ मन लाग्छ । सिधै भन्नु पर्दा नेपालीहरु USA, Singapur, HongKong, Australia, Korea जान्छन, तर त्यहा गएर के काम गर्छ सबैलाइ थाहा भएको नै कुरा हो । तर गल्फ भएता पनि यहा मेरो इज्जत छ, मेरो सिपको कदर हुन्छ । यहा काम गर्दा मैले धेरै अनुभवहरु बटुलेको छु , धेरै देशका मानिसहरुलाई चिन्ने मौका पाएको छु , अनि विदेशमा नेपालीहरुको बिजोग पनि देखेको छु । Read the rest of this entry »





म अनि कतारको राष्ट्रि्य दिवश

24 12 2008

dairyआज(11 December 2008 ) केहि सामान किन्नको लागि ड्यूटि सकेर करिब ५:३० बजे तिर दोहा गए । खासै काम त केहि पनि थिएन, तर पनि एकोहोरो काम गर्दा गर्दा बोर भएर यसो घुमेर मन बहलाउनको लागि हामिहरु केहि धरान कै साथिहरु सँग दोहा तिर लागे । सयोगले गर्दा त्यो दिन कतारको राष्ट्रि्य दिवश परेको रहेछ, अनि हेरियो कतारीहरुको चर्तिकलाहरु ।

qt_national_day Read the rest of this entry »





मेरो एक महिनाको छुट्‌टी…

19 11 2008

अचानक, धेरै समय पछि आज हातमा कपि र कलम लिएर केही लेख्ने सुर कस्दैछु । हुन त म कुनै लेखन हुँ, न त साहित्यकार नै, न त पत्रकार नै । तर पनि कहिले काहि मनका कुराहरुलाई मसि सँगै बगाउन खोज्छु, कपिमा उतार्न चाहान्छु, आफ्नो अनुभवहरु बाड्न चाहान्छु । शब्दहरु नभएर हो की, मलाई लेख्न नआएर हो लेख्ने जोश – जागर हुदा हुदै पनि लेख्न सकिरहेको छुइन ।

तर यसो भनेर सुरु नै नगरी अन्त गर्नु त भएन । त्यसैले जसो तसो शब्दहरुलाई तन्काएर, बढाएर, थपेर लेख्न गइरहेको छु । आजकल मलाई के भएको हो के, जीन्दगी देखि बिरक्त लागिरहेको छ । बिदेशिएको पनि लगभग १५ महिना भैसकेछ । २ महिना अघि १ महिनाको बिदामा घर पुगेर पनि आइसके । मैले घर, साथिहरु अनि नेपाललाई छोडेर आए पनि घरमा परिवारको माया, साथिहरुको साथ, अनि नेपाली माटोको सुगन्धले अझै छोडेको छैन । मेरो मन त्यही नै घुमिरहेको छ, त्यसैले गर्दा होला सायद मलाई यहा बिरक्त लागेको । अनि यहा आउने एक हप्ता अघि काठमाण्डौंमा म साह्रै बिरामी भएको बेला केटाहरु (बिजय, किशोर, पुर्ण, मिलन, निर्मल) ले गरेको सहयोग पनि भुल्न सकेको छुइन । Read the rest of this entry »





कहिले काहि बिगतका पलहरुलाइ सम्‍झन्‍छु…

13 01 2008

कहिले काहि बिगतका पलहरुलाइ सम्‍झन्‍छु त कहिले भविष्‍यको बारेमा सोच्‍छु , अनि कहिले काहि यही सम्‍झना र सोचको बिचमा संयोगले भनु या भाग्‍यले साथीहरूलाइ याहू मेशेन्‍जरमा भेट्छु । त्‍यो बेला मेरो मनमा अनुपम खुशीको आभाष्‍ा भएको महशुस गर्छु र विगतका रमाइला पलहरूलाइ वर्तमानमा ल्‍याएर एकैछिनलाइ विर्सन्‍छु भविष्‍यलाइ ।

यस्‍तै भयो हिजो अर्थात ११, जनवरी २००८ शुक्रबार विहान । शुक्रबार यहा छुट्टी हुन्‍छ, तर हामीहरू ( दिनेश सर, गगन सर, दिपक भाइ र म) प्राय शुक्रबार सधैं अतिरित्त समय काम गर्न अफिस आउछौं । शुक्रबार हामो बाउ ( हामीहरू मेनेजरलाइ बाउ भन्‍छौ ) अफिस नआउने हुनाले इन्‍टरनेट चलाउन सजिलो हुन्‍छ । त्‍यसैले साथीहरूलाइ लाइनमा भेट्छु कि भनेर याहू मेशेन्‍जरमा लगइन गरे । ठिक त्‍यसैबेला मेरो पुरानो स्‍कूल को साथीहरू पुर्ण्‍ा र सोनियालाइ लाइनमा भेटे । उनीहरू मेरो प्राथमीक स्‍कूल देखी कलेज सम्‍मका साथीहरू हुन् र अहिले सम्‍म पनी । हामीहरू स्‍कूलमा पढ्दा धेरै मिल्‍ने साथीहरू भनेर स्‍कूलमा नै परीचित थियौ । तर जिवन पछि मृत्‍यू जस्‍तै मिलन पछि बिछोड हुदो रहेछ । त्‍यसैले संगै बस्‍ने चाहाना हुँदा हुँदै हामीहरू छुट्नु पर्‍यो । हाल पुर्ण्‍ा काठमाण्‍डौमा काम गर्दै पढदै छ, सोनिया अमेरीकामा पढदैछ र म यहा कतारमा काम गर्दैछु ।

झण्‍डै २ घण्‍टा जति भएको हामो कुराकानीमा हामीहरूले कहिले रमाइला कुराहरू गर्‍यौ त कहिले नरमाइला, केहि दुःखका कुरा गर्‍यौ त कहिले सुखका, केहि देशका कुरा गर्‍यौ त केहि विदेशका कुरा गर्‍यौ । कहिले स्‍कूलका पुराना यादहरूलइ ताजा गर्यौ त कहिले भविष्‍यको बारेमा चिन्‍तित पनि भयौ । एकैछिन जिस्‍कीयौ पनि अनि एकैछिन बाझौ पनि । कुरा गर्दा गर्दै देशको बारेमा पनि कुराकानी भयो । देशका नेताहरूलाइ सराप्‍दै, देशको अनिश्‍चित भविष्‍यको कल्‍पना गर्दै एक आपसमा आफैलाइ सराप्‍न पनि बिर्सेनौ हामीले । पुर्ण्‍ाले जन आन्‍दोलन भाग – २ को कुरा निकाल्‍दा हामीहरूले १९ दिनको सम्‍झना गर्‍यौ। पुर्ण्‍ा र म बिच देशको बारेमा कुरा हुदा सोनियालाइ वाक्‍क लागेर हामीहरूले यो विष्‍ायलाइ परिवर्तन गर्‍यौ । अनि सुरू भयो बिहेको कुरा । हुन त उमेरको कुरा गर्ने हो भने सबैको बिहे गर्ने उमेर भइसकेको छ, तर कसैको अहिले सम्‍म साइत जुरेको छैन ।

यसरी नै जिस्‍कदै, हास्‍दै समय बितेको थाहा नै भएन, घडी हेर्दा पो थाहा पाए २ घण्‍टा बितिसकेछ । अनि अन्‍त्‍यमा त्‍यही त होनि छुट्टीनु पर्ने ।  मेरो घडीमा बिहानको १०:४५, सोनियाकोमा बिहानको ३:०० बजेछ । सबैलाइ भोक पनि लागेकोले अर्को पटक अवश्‍य भेट्ने वाचा गर्दै हामीहरूले एक आपसमा विदा माग्‍दै अन्‍ितममा भन्‍यौ…….bye

–बिजय थापा मगर