गजल

18 05 2009

छुट्टिएर टाढा भयो, नसोच है विदेशियो तिम्रै
माया राखेको छु, मुटु भित्र नसोच है विदेशियो

खोला नाला हरियाली, रमाउदै हिडेको हामी
कहिल्यै भूल्दिन म, नसोच है विदेशियो

रहर बोकी हिडिन म, दुःख बोक्दै हिडे
रमझम भित्र रमाउदै, नसोच है विदेशियो

तिम्रै यादमा दुःख सँग दिन रात
तड्पिएर जिएकोछु, नसोच है विदेशियो कति

मन रोएको छ, तिमी बिना बाच्नु पर्दा
खुशी चाडै बोकी आउछु, नसोच है विदेशियो

अनिल बराल “गरिब चिराग”
चरम्बी ५, मिलन बस्ती, भोजपुर
हालः दोहा, कतार


Actions

Information

Leave a comment