के भैरहेको छ ब्‍लगधरान?

18 05 2009

आजकल ब्लगधरान अपडेट पनि गर्दैन के हेर्नु भनेर सोच्दै हुनुहुन्छ भने तपाईले एकदम गलत सोचिरहनु भएकोछ । किनकी म यसैलाई अपडेट गर्नमा व्यस्त छु आजकल । तर यसै बिचमा देशको हालतले गर्दा मलाई केहि लेख्न मन लागेन, अनि लेखहरु संकलन गर्न पनि मन लागेन । त्यसबेला म देशको समाचार हेदैमा अनि माइसंसार डट कममा कमेन्ट दिदैमा व्यस्त भए ।

हुन त पहिले म नेपालमा हुदा पनि देशको हालत खासै राम्र्रो त थिएन तर नेपालमा बस्दा र बिदेशमा बस्दाको स्थितिमा धैरै नै फरक हुदो रहेछ, । पहिले म खासै समाचारहरु पढ्दिन थिए । प्रायः म मेरै काममा व्यस्त हुन्थे, अनि देश नेताहरुले नै बनाउ“छ र नेताहरुले नै बिगार्छ भनेर देश प्रतिको आङ्खनो जिम्मेवारी बिर्सेरबसेको थिए । अहिले यहा“ आएर देशको धेरै नै चिन्ता लागेर आउछ अनि आङ्खनो लाचारीपनलाई धिकार्दै बस्छु । मलाई जहा“ सम्म लाग्छ यो मलाई मात्र हैन विदेशमा हुने सम्पुर्ण नेपाली लाई पनि यस्तै नै अनुभव भएको हुनुपर्दछ ।

तपाईहरु सोच्दै हुनु हुन्छ होला कि समाचार पढेर नै व्यस्त भएको हो त भनेर । पक्कै पनि होइन । म अहिले हाम्रो धराने साइट भ्यूधरान डट कम वेवसाइट बनाउन मा पनि व्यस्त छु । अहिेले तपाईले हेर्नु भयो भने भ्यूधरान डट कम बिल्कुलै भिन्नै डिजाइन अनि आकर्ष होमपेजमा पाउनुहुनेछ । यसै डिजाइन र नया खुराकहरु अपडेट गर्नमा मलाई केहि समय लागेको थियो । अहिले म आफै यहाबाट यो साइट सम्बन्धि सबै कार्यहरु गर्दैछु । तपाई पनि यहा क्लिक गरेर हाम्रो धरानको साइट हेरेर सुझावहरु दिन सक्नु हुन्छ ।

अन्त्यमा, अब देखी निरन्तर रुपमा ब्लगधरानमा लेख, रचना, अनुभव तथा फोटोहरु अपडेट गर्नेछु मात्र तपाईहरु को सल्लाह, सुझाव अनि साथ चाहिन्छ ।

धन्यवाद !!!


Actions

Information

Leave a comment