मित्रता

28 05 2009

रगतको नाता त र्साईनो मात्र हो
स्वच्छ मनको परिचय नै प्यारो हुन्छ ।

जन्मने कोख त बेग्ला बेग्लै हुन्छ
तर मित्रताको बन्धन नै प्यारो हुन्छ ।

जहा गित र संगीत हुन्छ
त्यहि तिमी रमाउने गर्नु ।

जहा दुःख र पिडा हुन्छ
त्यसलाई तिमी लुकाउने कोशिस गर्नु ।

जहा गन्तव्य हुन्छ
त्यहा सम्म तिमी पुग्ने गर्नु ।

-दिपक पुर्वछाने





के भैरहेको छ ब्‍लगधरान?

18 05 2009

आजकल ब्लगधरान अपडेट पनि गर्दैन के हेर्नु भनेर सोच्दै हुनुहुन्छ भने तपाईले एकदम गलत सोचिरहनु भएकोछ । किनकी म यसैलाई अपडेट गर्नमा व्यस्त छु आजकल । तर यसै बिचमा देशको हालतले गर्दा मलाई केहि लेख्न मन लागेन, अनि लेखहरु संकलन गर्न पनि मन लागेन । त्यसबेला म देशको समाचार हेदैमा अनि माइसंसार डट कममा कमेन्ट दिदैमा व्यस्त भए ।
Read the rest of this entry »





अनिलको “५” हाइकुहरु

18 05 2009

१। मुग्लानी कान्छो
एकान्तमा टोलाई
बाचिरहेछ ।

२। परिचय के ?
सुनाउनु र नानु
म पागलको
Read the rest of this entry »





गजल

18 05 2009

छुट्टिएर टाढा भयो, नसोच है विदेशियो तिम्रै
माया राखेको छु, मुटु भित्र नसोच है विदेशियो

खोला नाला हरियाली, रमाउदै हिडेको हामी
कहिल्यै भूल्दिन म, नसोच है विदेशियो

रहर बोकी हिडिन म, दुःख बोक्दै हिडे
रमझम भित्र रमाउदै, नसोच है विदेशियो

तिम्रै यादमा दुःख सँग दिन रात
तड्पिएर जिएकोछु, नसोच है विदेशियो कति

मन रोएको छ, तिमी बिना बाच्नु पर्दा
खुशी चाडै बोकी आउछु, नसोच है विदेशियो

अनिल बराल “गरिब चिराग”
चरम्बी ५, मिलन बस्ती, भोजपुर
हालः दोहा, कतार