म कहिले पनि पैसाको लागि विदेश जान्न भन्ने मान्छे, आज विदेश आएको पनि २ वर्ष पुग्न लागेछ । मान्छेको वर्तमान बित्न मात्र गाह्रो हुन्छ, नत्र भने भविष्य कति बेला भूत भैसकेको हुन्छ पतै हुदैन ।
सबै सरह मैले पनि कुनै वहाना बनाएर कतार आएको थिए । यहा आएर थाहा भयो मलाइ कि किन गल्फ देश भने पछि अर्कै दृष्टिकोणले हेर्ने रहेछ भनेर । सबै साथिहरुले भन्ने गर्थे, त जस्तो मान्छे किन गल्फ देश किन जान लागेको भनेर । तर मेरो सोचाइ अलिक भिन्न थियो । जहा आफ्नो कला, सिपको कदर हुन्छ, त्यही नै बस्न मलाइ मन लाग्छ । सिधै भन्नु पर्दा नेपालीहरु USA, Singapur, HongKong, Australia, Korea जान्छन, तर त्यहा गएर के काम गर्छ सबैलाइ थाहा भएको नै कुरा हो । तर गल्फ भएता पनि यहा मेरो इज्जत छ, मेरो सिपको कदर हुन्छ । यहा काम गर्दा मैले धेरै अनुभवहरु बटुलेको छु , धेरै देशका मानिसहरुलाई चिन्ने मौका पाएको छु , अनि विदेशमा नेपालीहरुको बिजोग पनि देखेको छु ।धेरै जसो नेपालीहरु शिक्षाको कमि र कामको अनुभवको कमिले गर्दा हेपिने, काम गर्न गाह्रो हुने र थोरै तलबमा नै काम गर्नु गर्ने बाध्यता रहेको छ । तर काममा राम्रो दक्ष भएकाहरु, पढेकाहरुले राम्रो तलबमा राम्रो काम गरेको पनि छ । भर्खर-भर्खर बिकाशको सिडि चढदै गरेको देशमा त यस्तो हालत हुन्छ भने बिकाशको चरम सिमामा पुगेको देशहरुमा कस्तो हालत हुन्छ होला । भनाइको तार्त्पर्य यहा राम्रो पढेकाहरु र काममा दक्ष भएकाहरुको लागी राम्रो अवसरहरु छ, जुन पश्चिम मुलुकहरुमा छैन । अनि यहा त्यो देशका मान्छेहरु पनि आएर काम गर्दछन् , जुन देशमा जानको लागी नेपालीहरु तछाड मछाड गदैछन् ।
अघि मैले भनेको जस्तै भविष्य कति बेला वर्तमान हुदै भूत भएको पतै भएन मलाइ । म जुन प्रोजेक्टको लागी आएको थिए, त्यो प्रोजेक्ट सकिन अब मात्र ५ महिना बाकि छ । कति कामदारहरुलाइ त घर पठाइ सकेको छ । कोही यति बेला घर पुगिसके त कोही घर जान बढो खुशीमा साथ सामानहरु किन्दैछन् । तर यसै खुशी बिच एउटा प्रश्न देखे मैले सबैको अनुहारमा । त्यो प्रश्न हो – नेपाल गएर के गर्ने ?
यहा १ देखी १४ वर्षसम्म काम गरेका व्यक्तिहरुलाइ मैले भेटेको छु । बाध्यताले गर्दा विदेश आएका हुन्छन । तर १,२ वर्ष काम गरेपछि नेपालमा गएर भने जस्तो काम नपाइने डरले गर्दा यही नै केही बसेका छन् भने केही नेपाल जान लागेका त छन् , तर नेपालमा आफ्नो अन्धकार भविष्यको कल्पना पनि गर्दछन् । म पनि त्यहि नेपाल जान लागेको केहिमा पर्दछु । वास्तवमा नै यो एउटा सानो प्रश्नले विदेशमा बसेका त्यो ठूलो संख्यामा रहेको नेपालीहरुको भविष्यलाई नेतृत्व गर्दछ । कसले दिने यसको जवाफ ?सरकारले ? नेताहरुले ? देशमा जनताहरुले ? विदेशीहरुले ? या स्वंय व्यक्तिले ?
-बिजय थापा मगर
saayad satya ho. aakhir baachnuko artha raastrabhakti ra maatribhumi prem maatra rahenacha!
अब क् गर्नु नि एउटा शक्तिदार पार्टिको सदस्यता लिने, ३ हजारको पेस्तोल किन्ने,अनी त थर्कौदै धम्क्याउदै,लुट्पाट पारीआएको खन्ड्मा ढिच्या पनि पारीहाल्ने जबो तेस्ता पैसा को के कुर गर्नु राजइ ………………. छन त छ हो नौतन्र बजार नेपालमा