म कहिले पनि पैसाको लागि विदेश जान्न भन्ने मान्छे, आज विदेश आएको पनि २ वर्ष पुग्न लागेछ । मान्छेको वर्तमान बित्न मात्र गाह्रो हुन्छ, नत्र भने भविष्य कति बेला भूत भैसकेको हुन्छ पतै हुदैन ।
सबै सरह मैले पनि कुनै वहाना बनाएर कतार आएको थिए । यहा आएर थाहा भयो मलाइ कि किन गल्फ देश भने पछि अर्कै दृष्टिकोणले हेर्ने रहेछ भनेर । सबै साथिहरुले भन्ने गर्थे, त जस्तो मान्छे किन गल्फ देश किन जान लागेको भनेर । तर मेरो सोचाइ अलिक भिन्न थियो । जहा आफ्नो कला, सिपको कदर हुन्छ, त्यही नै बस्न मलाइ मन लाग्छ । सिधै भन्नु पर्दा नेपालीहरु USA, Singapur, HongKong, Australia, Korea जान्छन, तर त्यहा गएर के काम गर्छ सबैलाइ थाहा भएको नै कुरा हो । तर गल्फ भएता पनि यहा मेरो इज्जत छ, मेरो सिपको कदर हुन्छ । यहा काम गर्दा मैले धेरै अनुभवहरु बटुलेको छु , धेरै देशका मानिसहरुलाई चिन्ने मौका पाएको छु , अनि विदेशमा नेपालीहरुको बिजोग पनि देखेको छु । Read the rest of this entry »
कमेन्टहरु