
अन्धकारमा उपायको खोजी गर्दै
पहिले,
एकातिर देशको सबै अधिकार राजा स्वंयको थियो अनि जनता मात्र मुक दर्शक भएर बसेको थियो । राजा मात्र देखिन र सुनिनको लागि थियो । जनताको हातमा कुनै अधिकार थिएन, न बोल्ने न त लेख्ने नै । राजाले एकक्षत्र एकलकाटे शासन गरेको थियो भने अर्कोतिर माओबादिको आतंकले जनतालाई सताइरहेको थियो । जनता यी दुइको बिचमा पिल्सिइरहेको थियो । लर्डाई थियो, कैयौ महिलाहरुको सिउदो पुछिएको थियो, कति टुहुरो भएका थिए, कति घरबार बिहिन भएका थिए । राजा र माओबादि बिचको यो युद्धमा बाध्य भएर माओवादिहरु जनताको शरणमा आइपुगेको थियो । नेताहरु पनि मौका मा चौका भन्दै माओवादि सग हात मिलाएको थियो । अर्ढाई करोढ जनताको साथ पाएर जन आन्दोलन भाग-२ गर्यौ र त्यो समयको लागि हामि सफल पनि भयौ ।
अहिले,
देश राजनितिज्ञहरुको हातमा छ । जनताले जनताको लागी त्यत्रो आन्दोलन गरेर ल्याएको गणतन्त्र जनतालाई नै पेल्नको लागी प्रयोग भैरहेको छ । अनि त्यसको बिरोधमा बिभिन्न पार्टिहरुको बिकाश भैरहेको छ अनि ति पार्टि, संघ संस्थाहरु बिच द्धन्द्ध चलिरहेको छ । नेपाल साच्चि कै नया नेपालको भएको छ । देशमा बन्द छ, लाठिचार्ज छ, हडताल छ, जुलुश छ, हत्या छ, हत्यारा छ । अहिले त अन्धकारमय नेपाल पनि भएको छ । १० घण्टा देखि १८ घण्टा लोडसेडिङ्ग भएको छ, अनि २० घण्टा हुने प्रवल सम्भावना पनि छ ।
पछि,
के हुन्छ ? कोहि समस्याहरु अनुमान लगाउन व्यस्त छन् भने कोहि समाधान भन्दै बन्द, हडताल, जुलुस, नाराबाजि, तोडफोड गदैछन् । कति कुरामा ठिकै पनि हो बन्द गर्नु, जुलुस गर्नु, नाराबाजि गर्नु । तर त्यो पनि ठाउ, क्षेत्र अनि परिस्थिति अनुसार गर्नु पर्छ । अहिले हामिहरुले देशका शासकहरु, नेताहरु, राजनितिज्ञहरु लाई दवाव दिनु जरुरी छ । तर त्यो दवाव अहिले जस्तो शारिरीक र भौतिक दवाव हैन, मानसिक दवाव दिनुपर्छ । शारिरीक र भौतिक दवावले आफूलाई नै हानि गर्छ, असर गर्छ, नोक्सान गर्छ । आफ्नै घर भत्किन्छ, आफ्नै दोकान बन्द हुन्छ, आफ्नै गाडि, बाइक जल्छ ।
समस्या जहा हुन्छ त्यहा समाधान अवस्य पनि हुन्छ तर समाधान सहि तरिकाको रोज्नु नै बुद्धिमता हुन्छ । त्यसैले अहिले नेपालमा भएको समस्यालाई समाधान गर्नको लागी सबैजना एकजुट भएर लाग्नु आवश्यक हुनेछ । फुटेर हैन जुटेर जानु पर्ने भएको छ । पहिले हामिहरुले हाम्रो सोच्ने मानसिकता परिर्वन गर्नु पर्दछ अनि नेताहरुलाई मानसिक दवाव दिएर उनिहरुको देश डुबाउने मानसिकतालाई परिवर्तन गर्न सक्नु पर्दछ । उनिहरुको मानसिकता परिवर्तन भएमा उनिहरुको साथ दिने हाम्रो कर्तव्य हुनेछ । अब यो मानसिक दवाव कस्तो हुनेछ ? कसरी उनिहरुको मानसिकता परिवर्तन गराउन सकिन्छ ? के साचै उनिहरुको मानसिकता परिवर्तन गर्न सकिन्छ ? यसको बारेमा छलफल गर्ने बेला भएको छ । आउनुहोस्, सबै मिलेर यस कुरामा बहस गर्यौ ।
- बिजय थापा मगर
कमेन्टहरु