१। रोई रहेछ
सगरमाथा यहा
शान्तिको देश
२। रहर बोकी
बिदेश यात्रा गरे
दश दुःख भो
३। भाग्यको रेखा
मेटिएछ धुलो झै
रुखो जीवन
४। एकल यात्री
घर न घाटको म
गन्तब्य हिन
५। नदुखाउनु
कोमल मनहरु
आउछु चाडै
अनिल बराल गरिब “चिराग”
चाम्बी – ५
मिलन बस्ति, भोजपुर
हालः दोहा, कतार
it’s nice hiku yaar. touching.