आज(11 December 2008 ) केहि सामान किन्नको लागि ड्यूटि सकेर करिब ५:३० बजे तिर दोहा गए । खासै काम त केहि पनि थिएन, तर पनि एकोहोरो काम गर्दा गर्दा बोर भएर यसो घुमेर मन बहलाउनको लागि हामिहरु केहि धरान कै साथिहरु सँग दोहा तिर लागे । सयोगले गर्दा त्यो दिन कतारको राष्ट्रि्य दिवश परेको रहेछ, अनि हेरियो कतारीहरुको चर्तिकलाहरु ।

आवश्यक सामानहरु किनिसके पछि हामिहरु केहि समय एक कुनामा बसेर कतारीहरुको राष्ट्रि्य दिवशको द्रिश्यपान गर्यौ । कोहि कारमा कतारको झण्डा बोकेको त कोहि आफ्नो कारलाई नै झण्डाले छोपेको । अनि एक्कासि कहि बम पड्केको जस्तो आवाज आयो । यसो उठेर हेरेको त आकाशबाट मानौ सबै ताराहरु खसेको जस्तो देखे । एकछिनमा थाहा भयो त्यो त राष्ट्रि्य दिवशको उपलक्ष्यमा आतिशबाजी गरेको पो रहेछ । केहिबेर रमाइलो गरेर हामिहरु फेरी कोठा तिर जाने तयारी गर्यौ । दोहा शहर देखि हाम्रो शहर पुग्न झण्डै १ घण्टा लाग्छ । त्यहि भएर रातको त्यस्तै ११ बजे तिर हामिहरु त्यहाबाट बाटो ततायौ । तर बाटोमा ट्राफिक जामले गर्दा १ बजे तिर मात्र हामिहरु आफ्नो कोठामा आउन सकै ।
धेरै थाकेर होला सबै साथीहरु चाडै सुते, तर मलाई निन्द्रा लागेन । सायद धेरै सोच्ने बानीले गर्दा होला । एक्कासी मनमा हाम्रो देशको राष्ट्रि्य दिवश सम्झना आयो, अनि मनमा आए अनेक प्रश्नहरु र बाध्य भएर तुलना गर्न थाले नेपाल र कतारलाई । हामीहरु पनि राष्ट्रि्य दिवश मनाउछौ तर कतिले मन देखि मनाएको छ होला त । यहा (कतारमा) राष्ट्रि्य दिवश मनाउदा कुनै नाराहरु लेखिएको ब्यानर थिएन न त कुनै भाषण नै थियो । नेपालमा जब हामि राष्ट्रि्य दिवश मनाउन जान्छौ तब त्यहा नेपालको झण्डा कम तर सस्था र पार्टिहरु को झण्डा धेरै हुन्छ, मानौ यो पनि एउटा राम्रो मौका हो पब्लिसिटि कमाउने । जबकि कतारको राष्ट्रि्य दिवशमा मैले कतारको राष्ट्रि्य झण्डा बाहेक मैले अरु केहि पनि देखिन । यस्ता उदाहरणहरु धेरै छन् । उनिहरु आफ्नो सरकार सग सन्तुष्ट छन् त्यसैले होला गर्व साथ झण्डा बोक्छन्, राष्ट्रि्य दिवश खुशिसाथ मनाउछन् । तर हाम्रो देशको सरकार सग सायदै कोहि खुशि छन् होला, त्यसैले त यहा राष्ट्रि्य दिवश आउछ-जान्छ कसैलाई वास्ता नै हु्दैन । वास्ता हुन्छ त केवल त्यो सस्थालाई जसलाई प्रचार प्रसार आवश्यकता हुन्छ, त्यो नेताहरु कराउछन जस्लाई जनता हैन जनताको भोटको मात्र आवश्कता पर्छ । जब हामिहरुलाई सरकारले यस्तो वातावरण बनाइदिओस कि नेपाल भन्दा छाति फुलियोस अनि नेपालको झण्डा बोक्दा हात नगलोस, तब हामिहरु पनि सान सँग राष्ट्रि्य दिवश मनाउछौं । त्यसबेला पकै पनि नेपालको झण्डा बाहेक अरु झण्डा देखिदैन होला, अनि “नेपाल” शब्द बाहेक अरु शब्द सुनिदैन होला ।
रातको २ बजेछ । भोलि बिदा छ, त्यसैले केहि समस्या त पर्दैन तर पनि अनिदो स्वास्थ्यको लागि राम्रो हैन । त्यसैले अब कतारलाई बधाई अनि नेपाललाई शुभकामना दिदै म पुगे निन्द्रा देविको काखमा ।
ooh tyo pic malai wait gareko bela khicheko haina? kasto yar malai matra ko swagat garna baseko jasto wait garera baseko hahahh…
Hem Limbu
Qatar