धरानः धार्मिक सहिष्णुता बिचको शहर

22 11 2008

अहिले विश्व जातिय र धार्मिक युद्धमा पिल्सिइरहेको बेलामा चुपचाप, शान्त भएर आफ्नै चालमा हिडिरहेको धरान शहर धार्मिक सहिष्णुताको उदाहरण हो । वर्षौ देखि यहा बिभिन्न जात तथा धर्मका व्यक्तिहरुले बसोबास गरिरहेका छन् तर अहिले सम्म कहिले पनि जात र धर्मको कुरा उठेको छैन । यहा हिन्दु, बुद्ध, किरा“त, क्रिश्चियन, मुश्लिम आदि धर्म मान्नेहरुको बसोबास रहिआएको छ ।

यसको केहि उदाहरणहरुः

pindeswor

पिण्डेश्वर बाबा धाम:- धरान देखि पुर्व दिशा तिर रहेको विजयपुर डाँमा रहेको यो मन्दिर विशेष गरेर श्रावण महिनाको प्रत्येक सोमबार लाग्ने बोलबम मेलाको लागी बिदेशमा समेत प्रसिद्धी कमाएको छ । हिन्दुहरुको आस्थाको केन्द्र विन्दु रहेको यो मन्दिरमा दैनिक जसो भक्तालुहरुको घुइचो लाग्ने गर्दछ ।

 

budhasubba

बुढासुब्बा मन्दिर:- विजयपुर डाँडा स्थित यो मन्दिरमा प्रत्येक शनिवारको दिन घुइचो लाग्ने गर्दछ । टुप्पो बिनाको बा“स भएको मन्दिर भनेर चर्चित यो मन्दिर विशेष गरेर युवाहरुको प्यारो मन्दिर बनेको छ ।

 

gumba

गुम्बा:- धरान-१८ मा रहेको यो गुम्बामा विशेष गरेर बुद्ध धर्म अनुयायीहरु, शेपा, तामाङ्ग, गुरुङ्गहरु आउने गर्दछ । यो गुम्बा सहित धरानमा ४ वटा गुम्बाहरु छ ।

 

zion

सियोन चर्च:- धरान-१९ मा रहेको यो चर्च धरानको प्रसिद्ध चर्च हो । क्रिश्चियन धर्म मान्नेहरु यहा पर््रार्थना गर्नको लागी आउने गर्दछन् ।

 

zama

जामा मस्दिज:- धरानको पुरानो बजारमा रहेको यो मस्दिज, मुश्लिम धर्मालुहरु पर््रार्थना स्थलको रुपमा प्रयोग गर्दछन् ।

यसरी बिभिन्न धर्मका मानिस मात्र होइन, उनिहरु को पुजा गर्ने मन्दिर, ध्यान गर्ने गुम्बा, प्रार्थना गर्ने चर्च, मस्दिज आदिको संगम रहेको शहर बनेको छ धरान । यति मात्र हैन बेला-बेलामा हुने बिभिन्न धार्मिक चाड-पर्वहरुमा पनि कुनै मतभेद हुने गरेको पाइदैन । जस्तै, किरातहरुको साकेला नाचमा र्राईहरु मात्र हैन लिम्बु,गुरुङ्ग, मगर आदि हरु पनि सो नाच नाचेको हेन सकिन्छ, धरानमा । त्यस्तै, यहा ल्योसारमा पनि अरु धर्म तथा जातको सहभागिता रहेको हेन सकिन्छ ।


Actions

Information

One response

24 11 2008
कैलाश

एकपल्ट धन्यवाद दिनैपर्यो विजयजीलाई कि धरान घुमाइदिभाकोमा। धेरै भाकोथियो नघुमेको।

Leave a comment