मेरो एक महिनाको छुट्‌टी…

19 11 2008

अचानक, धेरै समय पछि आज हातमा कपि र कलम लिएर केही लेख्ने सुर कस्दैछु । हुन त म कुनै लेखन हुँ, न त साहित्यकार नै, न त पत्रकार नै । तर पनि कहिले काहि मनका कुराहरुलाई मसि सँगै बगाउन खोज्छु, कपिमा उतार्न चाहान्छु, आफ्नो अनुभवहरु बाड्न चाहान्छु । शब्दहरु नभएर हो की, मलाई लेख्न नआएर हो लेख्ने जोश – जागर हुदा हुदै पनि लेख्न सकिरहेको छुइन ।

तर यसो भनेर सुरु नै नगरी अन्त गर्नु त भएन । त्यसैले जसो तसो शब्दहरुलाई तन्काएर, बढाएर, थपेर लेख्न गइरहेको छु । आजकल मलाई के भएको हो के, जीन्दगी देखि बिरक्त लागिरहेको छ । बिदेशिएको पनि लगभग १५ महिना भैसकेछ । २ महिना अघि १ महिनाको बिदामा घर पुगेर पनि आइसके । मैले घर, साथिहरु अनि नेपाललाई छोडेर आए पनि घरमा परिवारको माया, साथिहरुको साथ, अनि नेपाली माटोको सुगन्धले अझै छोडेको छैन । मेरो मन त्यही नै घुमिरहेको छ, त्यसैले गर्दा होला सायद मलाई यहा बिरक्त लागेको । अनि यहा आउने एक हप्ता अघि काठमाण्डौंमा म साह्रै बिरामी भएको बेला केटाहरु (बिजय, किशोर, पुर्ण, मिलन, निर्मल) ले गरेको सहयोग पनि भुल्न सकेको छुइन । त्यस बेला मलाई १०१ डिग्रीको ज्वरो आएको थियो । त्यतिखेर केटाहरुले मलाई पानिपट्टी गरेको, दवाई खुवाएको अनि चुरोट खान लाग्दा गाली गरेको सम्झिदा“ मैले जीन्दगीमा धन-सम्पत्ति धेरै कमाउन नसकेपनि साथिहरु चैं कमाएको रहेछु जस्तो लाग्छ । साथिहरुको मायाले गर्दा त्यसबेला विरामी हुँदा पनि म खुशि थिए, हा“सिरहेको थिए । हुन त हो पनि मान्छेको जिन्दगीभरको कमाई धन-सम्पत्ति, पैसा हैन साथिहरु र मरेपछि मलामी हो ।

त्यहि १ महिनाको बिदामा एउटा रमाइलो उपलब्धि पनि भयो । कुरा झण्डै १९ वर्षअघिको हो, म त्यस बेला श्री प्राथामिक विद्यालय (पाङ्ग्रे) मा ३ कक्षामा पढ्थे । धेरै नै पहिलाको कुरा हो, किनकी त्यसबेलाको मेरो साथिहरुले अहिले मलाई चिन्दैन पनि । त्यही बेला मैले एउटा केटी साथि बनाएको थिए । हाम्रो मित्रता प्राथमिक स्कुल देखि सुरु भएर मा. वि. सम्म कायमै थियो, अहिले सम्म पनि छ । तर उसलाई थाहा थिएन । मेरो भनाइको तार्त्पर्य उसको र मेरो मित्रता श्री प्राथामीक विद्यालय (पाङ्ग्रे) थियो भन्दा उसलाई बिश्वास लाग्दैन किनकी उसलाई थाहा नै थिएन रहेछ, ज्ञानोदय मा. वि. (पञ्चायत) मा हुँदा मात्र उसले मलाई चिनेको रहेछ । यो बिदामा मैले त्यही साथिलाई झण्डै ८ वर्षपछि भेट्ने मौका पाए, किनकी मेरो कलेज सुरु भए पछि उसको र मेरो भेट भएको थिएन ।

तर अहिले समय परिवर्तन भएको छ । अहिले हामिहरु टाढा भए पनि हामीहरु याहू म्यासेन्जरमा गफ गर्र्छौ, मोवाइल मार्फत मेसेज आदान-प्रदान गर्र्छौ । पहिला एउटै देशमा बसेर पनि टाढा भएको हाम्रो मित्रता अहिले भिन्न-भिन्नै देशमा भएर पनि नजिक भएका छौं । दिनभरि काममा व्यस्त भएको बेला उसको मेसेज आउदा Refresh हुन्छु, अनि दिउ“सो च्याटिङ्ग गर्दा खाना नै खान जान बिर्सन्छु । जे होस् विकसित सुचना प्रविधिको सहयोगले अहिले सम्म मलाई दुरिको महशुस भएको छैन । त्यसैले म सुचना प्रविधिलाई धन्यवाद नदिइरहन सक्दिन ।

लेख्दा लेख्दै रात धेरै परि सकेछ, अब सुत्नु पर्ला ।

Date: 18 Nov 2008, 10:25pm


Actions

Information

3 responses

19 11 2008
nabish

la la pudke dherai tension nali…this is life,,,u hav to loose something to gain something..afterall we r here together…yo dukha ko samaya ma pani lets try to find some lovely moments…try to enjoy our life as it is dude cheerr upp….tara actually malai pani testai bhairacha yaar..missin all those things ther…want to go back again to tht same time……

20 11 2008
made in dharan

bj dai keep the smile, leave the tear, think of joy, forget the fear, hold the laugh, leave the pain, think of success that u will gain. so, dukha ko kura na samjhi sukha ko samjhi nu parcha. then, u will feel that life is very beautiful so enjoy it ok hehehe………. take care.

1 01 2009
nepz

bj vai,
gindagi vaneko nai sangarsha ho……………….ani timile sathi harule gareko sahayog ko kura really, maile pani birsan sakdin uni harulai.malai yekdamai garva lagcha hamroo sathi haru dhekhi n “kisika nazar nalage”timi haruko frenship ma anyway always be happy don’t sad hai.

Leave a comment