बाल अधिकार

17 11 2008

childrenrights 

भ्यूधरान डट कम को लागी धरानको बिभिन्न स्थानहरुको फोटो खिच्ने क्रममा लिइएको यो फोटो धरानको उत्तर तिर रहेको र्सर्दु खोलाको हो ।

बाल अधिकारको कुरा जतिसुकै ठूलो आवाजमा गरे पनि व्यवहारमा भने उतार्न सकिएको छैन । पढ्ने र खेल्ने उमेरका यी केटाकटीहरुले खोलामा ढुँङ्गा टिप्दै गरेको यो फोटो त्यसैको जीउँदो उदाहरण हो । यो फोटो खिच्दै गर्दा यी बच्चाका बाबाहरु क्यारमबोर्ड खेल्दै थिए भने आमाहरु गफमा व्यस्त थिए ।