कतारमा दशैं

12 12 2007
नेपालीहरूको महान चाड दशैं, सबैले यसलाइ आ–आफ्‍नै तरीकाले र आ–आफ्‍नै गच्‍छेले भ्‍याए जसरी मनाए । नेपालमा यो बेला निकै रमाइलो हुन्‍छ र यस पटक पनि रमाइलो गरी सबैले दशै मनाए होला । तर नेपाललाइ अति नै माया गने र नेपाल भने पछि हुरूक्‍कै हुने विदेशमा रहेर काम गरीरहेका नेपालीहरूले यस पटकको दशै कसरी मनाए ?

झण्‍डै साढे चार घण्‍टाको हवाइजहाजको यात्रा पछि पुगिने कतारमा रहेको एउटा शहरमा बस्‍ने केहि नेपालीहरूले यसपालिको दशैं बडो घुम धामका साथ मनाए । दोहा शहरबाट झण्‍डै एक घण्‍टामा पुगिने रास लफान इण्‍डष्‍टियल सिटिमा बस्‍ने नेपालीहरू ले यस पालिको दशैको सुरूवात दोहा शहरमा गएर खसि काटेर खाएर गरे । किनकि यो शहरमा यस सिटि भित्र बस्‍ने कामदार बाहेक अरूलाइ पस्‍न अनुमति छैन र खसि पनि ल्‍याउन सकिदैन ।

त्‍यस्‍तै यहा टिकाको लागि केहिले घरबाट अबिर मगाए भने केहिले मेस हल बाट अक्ष्‍ाता ल्‍याएका थिए । अनि मुक्षेर टिका बनाइ समुहको जेठो बाट टिका र आशिवाद ग्रहण्‍ा गरेका थिए । तर ड्युटि जानु पने भएको हुनाले हतार हतार खाना खाएर ड्युटि तिर लागे । राति सबैजना एउटै कोठामा बसी तास खेली रमाइलो गरे ।

अन्‍त्‍यमा, भोली ड्युटि जानु पने भएको हुनाले चाडो सुत्‍न तिर लागे ।

तल फोटो हेनु होला–

-बिजय थापा मगर


Actions

Information

2 responses

20 12 2007
Ganga

bijay bhai jhakash chha ni

23 12 2007
Me

Badhai 6 Gatte i proud of u kya becoz i know u very well and Congratch all of u UNIT of blogdharan Group hai ta bye

Leave a comment